काठमाडौं – वैदेशिक रोजगारीमा जान ठिक्क परेका युवा रोकिएपछि हवाई टिकटमा करोडौं रुपैयाँ फसेको छ ।
सरकारले हवाई कम्पनीलाई उड्न नपाएको रकम फिर्ता गर्न निर्देशन दिए पनि त्यो रकम कहिले फिर्ता पाउने भन्नेबारे यकिन नहुँदा उनीहरुको रकम फसेको हो ।
व्यवसायीहरुका अनुसार अन्तिम श्रम स्वीकृति लिएकामध्ये करिब १० हजारले हवाई टिकट खरिद गरेको अनुमान छ । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेका अनुसार रोजगारीमा जान ठिक्क परेका बेला सरकारले श्रमस्वीकृतिमा रोक लगाएपछि हवाई टिकट लिएका युवा उड्न नपाएको आजको नागरिक दैनिकमा खवर छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७