काठमाडौं – कोरोनाको संक्रमण हुनसक्ने आशंकाका कारण सरकारले आजदेखि लागू हुने गरी अत्यावश्यक सेवाबाहेक सबै क्षेत्रमा रोक लगाएको घोषणा गरेपछि काठमाडौं उपत्यकाको आवागमनमा निकै कमी आएको छ ।
चैत २१ गतेसम्म एघार दिन लामो बिदा घोषणा गरेपछि राजधानी बस्दै आएका करिब तीन लाख नागरिक घर फर्किसकेका छन् । सरकारले आजदेखि लामो दूरीका सार्वजनिक यातायात बन्द हुने घोषणा गरिसकेको छ ।
उपत्यकाको सडकमा खचाखच हुने सवारी साधन गुड्न छाडेका छन् । मन्दिरमा भीड हुन छाडेको छ । सबै सार्वजनिकस्थलमा सुनसान छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भीडभाड नियन्त्रण र कालोबजारी अन्त्य गर्न विशेष टोली परिचालन गरिएको बताएका छन् । दाहालका अनुसार प्रहरीको विशेष टोलीले आजबाट अनुगमनलाई तीव्रता दिने आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७