काठमाडौं – सरकारले कोरोना भाइरसको रोकथामका लागि अत्यावश्यक सेवाबाहेक सबै सेवा ठप्प पारेर मानिसहरुलाई घरबाहिर निस्कन निषेध गरेपनि यसको उल्लंघन भइरहेको छ ।
काठमाडौं उपत्यकामा मानिसहरुको चहलपहल अघिल्ला दिनको तुलनामा पातलो भएपनि उल्लंघन भइरहेको छ ।
अत्यावश्यक सामान खरिद गर्न भन्दै मानिसहरु घरबाहिर निस्केका छन् । मर्निङ वाक गर्नेहरु पनि देखिएका छन् ।
विहान राजधानीका स्थानीय गाउँबाट दुग्ध उत्पादन गर्नेहरु विक्रीका लागि देखिएका छन् । दुध अत्यावश्यक सामाग्री भएकाले पनि उनीहरुलाई विक्रीका लागि अवरोध नगरिएको बुझिएको छ ।
यसैगरी, सरकारले लकडाउनको उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने तयारी गरेको छ । नियमानुसार छ महिनासम्म कैद र जरिवानाको व्यवस्था छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३