काठमाडौं – सरकारले चीनबाट २५ लाख मास्क ल्याउने भएको छ । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण रोकथाम र न्यूनीकरण गर्न चीनबाट २५ लाख मास्क र १ लाख कीट ल्याउने तयारी गरिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडका अनुसार मास्क र कीट एक साताभित्र नेपाल आइपुग्ने छन् ।स्वदेशमा पनि मास्क र स्यानिटाइजर उत्पादन सुरु भएको उनले बताएको आजको राजधानी दैनिकले खवर छापेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७