काठमाडौं – उपत्यकामा ६९ निजी शैक्षिक संस्थालाई क्वारेन्टाइनका रूपमा प्रयोग गरिने भएको छ ।
संस्थाका दुई हजार एक सय पाँच कक्षाकोठालाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न आवश्यक तयारी भएको छ । दुई हजारजना अट्ने कक्षाकोठा माग गरिएपछि निजी शैक्षिक संस्थाका पदाधिकारीले ६९ शैक्षिक संस्थाको सूची प्रस्ताव गरी बुझाएका थिए ।
पर्यटनमन्त्री योगेश भट्टराई संयोजकत्वको कोभिड–१९ विरुद्ध क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलको आइतबारको बैठकमा प्याब्सन, एनप्याक्सन र हिसानका प्रतिनिधिले आपसी समन्वयमा कम्तीमा दुई हजार व्यक्ति अट्ने होस्टेलरस्कुलको स्थानसहितको विवरण तयार गरी पेस गर्न आग्रह गरिएको थियो । हिसानका महासचिव लोकबहादुर भण्डारीले सोमबार संयुक्त रूपमा क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सकिने शैक्षिक स्थलको विवरण बुझाएको बताए । निजी शैक्षिक संस्थाले बुझाएको विवरणअनुसार सरकारी अधिकारीले अनुगमन गरी उपयुक्तलाई छनोट गर्ने खवर आजको नयाँ पत्रिकाले छापेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७