काठमाडौं – सरकारले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी स्वास्थ्य सामाग्रीको कुनै अभाव नदिने रणनीति बनाएको छ । सम्भावित जोखिमलाई दृष्टिगत गरी छिमेकी मुलुकबाट भएपनि स्वास्थ्य सामाग्री ल्याउने तयारी भएको बुझिएको छ ।
चाटर्ड विमानबाट भएपनि चीनबाट स्वास्थ्य सामाग्री ल्याउने तयारी गरिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए । उनले भने, स्वास्थ्य सामाग्रीको कुनै अभाव हुन दिइनेछैन । आवश्यक परे चाटर्ड विमानबाट पनि ल्याइनेछ ।
चीनले नेपाललाई आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउने बताइसकेको छ । कोरोना भाइरसको जोखिमका कारण कतिपय आयात गर्नुपर्ने स्वास्थ्य सामाग्रीको अभाव हुनसक्ने देखिएपछि सरकारले आवश्यक तयारी गरेको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३