बेइजिङ – बाहिरबाट फर्किएका चिनियाँमा देखिएको कोरोना भाइरस संक्रमणका कारण चीन चिन्तित देखिएको छ। देशभित्र घरेलु संक्रमण शुन्य बराबर रहेको अवस्थामा विदेशबाट फर्केका चिनियाँ र चिनियाँ प्रवासीमा कोरोना भाइरस संक्रमण पोजिटिभ पाइएको छ।
मार्च २३ मा चीनमा देखिएको ७८ नयाँ भाइरस संक्रमितमध्ये ७४ केस विदेशबाट आएका अर्थात् आयातित केसहरू नै हुन्। नयाँ आयातित केसहरू थपिँदा चिन्ताको विषय बनेको हो। योसँगै विदेशबाट आएका संक्रमितहरुको कुल संख्या ४२७ पुगेको छ।
यस्ता आयातित केसहरू बेइजिङ, साङहाइ, क्वाङतोङसहित चीनका १२ वटा प्रान्त तथा सहरमा देखिएका छन्। सबैभन्दा बढी बेइजिङमा छन्। सोमबार देखिएका ७४ केसमध्ये ३१ वटा यहीं थियो। बेइजिङको स्वास्थ्य समितिका अनुसार, सोमबारसम्म बेइजिङमा यस्ता आयातित केसको संख्या १३८ पुगेका छन्।
पछिल्लो अवस्थामा यी आयातित कोरोनाभाइरस सङ्क्रमणले चीनलाई चिन्तित बनाएको छ। सोमबार आयातितबाट एक जना स्थानीय बेइजिङ नागरिक संक्रमित भएको पनि बताइएको छ। योसँगै बेइजिङले बुधबारबाटै बेइजिङ प्रवेश गर्ने सबैको अनिवार्य न्यूक्लिक एसिड टेस्ट गर्ने अन्नपूर्ण पोस्ट् दैनिकले खवर छापेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७