पोखरा – स्याङ्जामा गोली लागेर एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ । हरिनाश गाउँपालिका २ को चिसापानी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार रवीन्द्र पौडेलको शुक्रबार ज्यान गएको हो ।
पोखरा- २६ घर भएका पौडेल चौकीको स्टोरमा काम गर्ने बेला गोली लागेको उपचारका लागि पोखरा ल्याउँदै गर्दा मृत्यु भएको मृतकका काका सूर्य पौडेलले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले भने घटनाको कारण अनुसन्धान गर्न घटनास्थलमा प्रहरी टोली गइरहेको बताएको छ ।
काका सूर्यले घटना छानबिनको माग गरेका छन् ।
घटनाको थप विरवरण आउन बाँकी छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३