काठमाडौं – विश्वव्यापी रुपमा फैलिएकोकोरोना भाइरस संक्रमणपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो हिरासतमा रहेकालाई धरौटीमा छाड्ने निर्णय गरेको छ।
शुक्रबार अख्तियारले प्रेस विज्ञप्ति निकाल्दै कसुरको गाम्भिर्यताका आधारमा अख्तियारको हिरासतमा रहेका ८ जनालाई धरौटीमा छाड्ने निर्णय गरेको जानकारी दिएको छ।
‘कसूरको गाम्भिर्यता र अनुसन्धानको पूर्णता समेतलाई विचार गरी हुनसक्ने सजाय र हिरासतमा बसेको अवधि’ समेतलाई मध्यनजर राख्दै आयोगको हिरासतमा रहेका मध्ये हाल आठ जनालाई धरौटी लिएर तारेकमा राख्ने निर्णय भएको छ।’ विज्ञप्तिमा भनिएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३