काठमाडौं – नेपालमा हालसम्म ११ सय ३१ को कोभिड १९ टेष्ट हुँदा पाँचजना मात्र संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म ११ सय ३१ को नमूना परीक्षण भएको जानकारी दिएका छन् ।
परीक्षणमा लक्षण देखिएका विरामी देखि हालसम्म संक्रमणमा परेकाको सम्पर्कमा आएकाहरुको समेत नमूना परीक्षण भइरहेको जानकारी दिए । नमूना परीक्षणबाट सम्पर्कमा आएकाहरु कसैलाई पनि कोरोना भाइरसको संक्रमण नदेखिएको उनको भनाई थियो ।
डा. देवकोटाका अनुसार हालसम्म ९९ जना आइशोलेशनमा छन् । कन्ट्याक्ट नेष्ट ८५ प्रतिशत सकिएको छ ।
कोभिड १९ संक्रमित पाँच जनामध्ये चारजना उपचाररत छन् । चारजनाको स्वास्थ्य राम्रो हुँदै गएको बुझिएको छ । आउँदो हप्ताबाट संक्रमितहरु टेष्ट नेगेटिभ आएपछि धमाधम डिस्चार्ज हुने बताइएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३