काठमाडौं – सरकारले विदेशमा रहेका नेपालीलाई नेपालमा फर्काएर क्वारेन्टाइनमा राख्न तत्काल सम्भव नभएको स्पष्ट पारेको छ ।
कोरोना भाइसरको संक्रमण बढ्दै जाँदा विभिन्न देशमा लकडाउन गरेपछि त्यहाँ रहेका नेपाली स्वदेश फर्किन चाहिरहेको खबर बाहिर आएका सम्बन्धमा सरकारले यस्तो धारणा प्रकट गरेको हो ।
सरकारले विदेशमा रहेका नेपालीलाई आफू रहेकै स्थानमा सुरक्षित रहन भनेको छ । परराष्ट्र मन्त्रालयले विदेशका कूटनीतिक नियोगमार्फत नेपालीलाई आफू बसेको ठाउँमै सुरक्षित रहन आग्रह गरेको जनाएको छ ।
‘कूटनीतिक नियोगमार्फत नेपालीहरूको अवस्थाबारे दैनिक विवरण लिने काम भइरहेको छ । नेपालीहरूलाई दूतावासको नजिक रहन भनिरहेका छौं।’ –मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भने ।
कोरोनाको संक्रमणबाट बच्न आफू बसेको देशको नीति, नियम पालना गरी सुरक्षित उपाय अपनाउन कूटनीतिक नियोगले बारम्बार आग्रह गरिरहेको पनि उनले बताए ।
कोरोना भाइरस विश्वव्यापी महामारी रहेकाले ठूलो संख्यामा विदेशमा रहेका नेपालीहरूलाई तत्काल नेपाल फर्काएर क्वारेन्टाइनमा राख्न नसकिने पनि मन्त्रालयले जनाएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७