काठमाडौं – बानेश्वरमा रहेको ‘वान सिनेमाज’ ले टिकटक प्रतियोगिता गर्ने जनाएको छ। प्रतियोगीले कुनै पनि एक फिल्मको संवादमा भिडियो बनाउनु पर्नेछ। बनाएको उक्त भिडियोलाई ‘वान सिनेमाज’ को अफिसियल फेसबुक पेजमा गरिएको पोस्टमा कमेन्ट गर्नुपर्नेछ।
पोस्ट गरिएको भिडियोमा सबैभन्दा धेरै लाइक पाउने भिडियोलाई उत्कृष्ट पुरस्कार दिइनेछ। विजेताले लकडाउनपछि एक शो नै बुक गरेर सपरिवार फिल्म हेर्न पाउनेछ। अप्रिल २० सम्ममा भिडियो पोस्ट गरिसक्नु पर्नेछ।
त्यस्तै, आइप्लेक्स मलले पनि अर्को अफर ल्याएको छ। ‘क्वारेन्टाइन बिंगो’ नाम दिइएको यस अफरबाट पनि वान सिनेमाजमा फिल्म हेर्ने मौका पाउनेछ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७