काठमाडौं – मुख्य नाका र चोरबाटो प्रयोग गरेर विभिन्न नाका हुँदै उपत्यकामा यात्रु भित्रिने क्रम बढ्न थालेपछि सरकारले ती स्थानमा अनुगमन शुरू गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उपत्यका भित्रिने सवारीसाधनको कडाइ गर्ने निर्णयगलत्तै उपत्यकाका दुई महानगरपालिकासहित सबै स्थानीय तहले अनुगमन शुरू गरेका छन् ।
बुधबार काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकाल, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीसहितको टोलीले नाकामा अनुगमन गरेको थियो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालका अनुसार बुधबार नागढुंगा, भीमढुंगालगायत विभिन्न नाका अनुगमन गरी अत्यावश्यक कामबाहेक कुनै पनि काम लिएर उपत्यका प्रवेश गर्ने यात्रुलाई पूर्णरूपमा रोक लगाइएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७