काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बन्दाबन्दीको समयमा उपत्यकाबाट ठूलो सङ्ख्यामा मानिस बाहिर रहँदा पछिल्लो पटक उपत्यका भित्रिने क्रमसमेत बढेको देखिएको छ ।
यसअघि उपत्यका छाडेर घर जानेको तथ्याङ्क कुनै निकायसँग छैन । तथ्याङ्कको अभावमा बन्दाबन्दीको समयमा उपत्यका बाहिरिएका नागरिक शक्तिको आड वा लुकिछिपी पुनः भित्रिन थालेका छन् । कतिपय नागरिक विभिन्न नाकाबाट बिरामीको बहानामा एम्बुलेन्समार्फत उपत्यका भित्रिन थालेका हुन् ।
लुकिछिपी उपत्यकाभन्दा बाहिरबाट उपत्यका भित्रिन थालेकाले व्यक्तिसँगै कोरोना भाइरस पनि भित्रिन सक्ने खतरा बढ्दै गएको कतिपयको भनाइ छ । यद्यपि काठमाडौँ उपत्यका अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहेको देखिएको छ ।
काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी) का अनुसार कतिपय उच्च ओहोदाका व्यक्तिले पनि आफन्तलाई उपत्यका बाहिर–भित्र गराइरहेको स्थानीयवासीको गुनासो छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७