काठमाडौँ – कोरोना भाइरसका संक्रमित काठमाडौँमा पनि देखिन थालेपछि स्थानीयहरु केहि सतर्क भएका छन् ।
काठमाडौँका भित्रि गल्ली र चोकहरुमा रहेको प्रवेशद्वारहरुमा स्थानीयले तगारो राखेर आवात जावतमा पूर्णरुपमा रोक लगाउन थालेका छन् ।
स्थानीय जनताहरु सम्बन्धित वडा कार्यालयसँगको समन्वयमा यस्ता गतिबिधिहरु गरिरहेका छन् । काठमाडौँको २१ वडा र २० वडाका विभिन्न स्थानमा र महानगर कै अन्य विभिन्न वडाहरुका विभिन्न स्थानमा तगारो राखेर बाटोमा आवत-जावत गर्न पूर्णरुपमा रोक लागाइएको छ ।
लकडाउनको सयममा बाहिर जिल्लाबाट आउने व्यक्तिहरु घरमा भित्राइए सम्बन्धित घरधनीलाई कार्वाहि गर्ने खालको सुचना वडा कार्यालयहरुले जारी गर्न थालेका छन् । १९ वडाले पनि बिहान ५ देखि १० बजेसम्म मात्र खाद्यान्न र अन्य अत्यावश्यक पसलहरु खोल्ने निर्णय गरेको छ ।
बाटोमा आवत जावत रोक्न राखिएका तगारोले केहि संवेदनशिल अवस्थामा दुर्घटना निम्ताउने भन्दै केही स्थानमा यस्ता कार्यको बिरोध पनि हुने गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३