काठमाडौं – काठमाडौं उपत्यकामा उद्योग तथा व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने सवारी पास वितरण सुरु भएको छ । वाणिज्य र व्यापारका लागि बबरमहलस्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र उद्योग धन्दा सञ्चालनका लागि उद्योग विभाग त्रिपुरेश्वरबाट पास जारी हुनेछ ।
सवारी पास जारी गर्ने सम्बन्धि निर्देशिका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टबाट स्वीकृत भएर आइतबारदेखि कार्यन्वनयनमा आएको मन्त्रलयका उपसचिव वीरेन्द्र बस्नेतले बताए ।
सरकारले वैशाख २४ गते गरेको ४२ प्रकारको उद्योग खोल्ने निर्णय कार्यन्वयन गर्न आवश्यक सवारी पास वितरण सुरु गरिएको वाणिज्य र उद्योग विभागले जनाएको छ । उद्योग र वाणिज्य विभागले जारि गर्ने पासहरु हरियो र निलो रंगको हुनेछ ।
सवारी पास कसरी पाइन्छ ?
सवारी पास निवेदनको ढाँचा उद्योग र वाणिज्य दुवै विभागको वेबसाइटमा उपलब्ध छ । निवेदन फारम भेरेर आवश्यक कागजात संलग्न गरी आफू सदस्य रहेको नेपाल च्याम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ वा नेपाल समुन्द्रपार निकासी पैठारी संघ लगायत व्यवसायिक संस्थाको कार्यालयमा उद्योगी व्यवसायीले बुझाउनुपर्ने छ ।
उद्योगी व्यवसयिहरुले उल्लेखित संस्थामा बुझाएको निवेदन र संलग्न कागजात तथा व्यहोरा जाँचबुझ गरी सवारी पासको लागि ती संस्थाले सिफारिससहित संकलित निवेदन र संलग्न कागजातहरु मध्याहृन १२ बजेसम्म विभागमा पठाई सक्नुपर्नेछ ।
सिफारिस प्राप्त भएपछि उद्योग तथा वाणिज्य विभागले सोही दिन अपराहृन २ बजे पछि आवश्यकता र औचित्यको आधारमा व्यहोरा खोली आवश्यक संख्यामा पास जारी गर्नेछ ।
कसले पाउँछन् ?
व्यपार व्यवसाय अन्र्तगत विक्रीस्थलमा काम गर्ने तथा आपूर्ति व्यवस्थापनसँग सम्बन्धित कर्मचारी र कामदार,कम्पनी वा र्फमको नाम र व्यवसायिक स्थलसमेत उल्लेख गरी सम्बन्धित कम्पनी वा र्फम तथा आपूर्ति प्रणालीलाई सुचारु राख्न नियमित खटिनुपर्ने व्यवसायिक संगठनका पदाधिकारी एवम् कर्मचारीहरुका लागि पास उपलब्ध गराइने छ ।
दुध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सम्बन्धित व्यवसायिक कम्पनी वा र्फमले पशुसेवा विभागको सिफारिस सहित र उपभोग्य अवधि तोकिएको हल्का पेय पदार्थ लागायत तयारी खाद्यपदार्थहरु उत्पादन भैसकेको स्थानबाट बजार तथा सम्बन्धित बिक्रेतासम्म पुर्याउने र म्याद गुज्रेको सामानहरु फिर्ता ल्याउने प्रयोजनार्थ सम्बन्धित उत्पादक वा आपूर्तिकर्ता कम्पनी वा र्फमले पनि पास पाउनेछन् ।
यस्तै घरदैलो सेवा प्रदान गर्ने व्यावसायीले दुई पांग्रे सवारी साधन प्रयोग गरेको अवस्थामा सवारी साधनको पछाडि अर्को व्यक्ति नराख्ने गरी र अनलाइन सेवाको माध्यमबाट खाद्य पदार्थ, तयारी खाद्य पदार्थ, स्टेशनरी सामानहरु पुर्याउने सेवाले पनि पास पाउने छन् ।
उद्योग विभागबाट पाइने पास
चामल, दाल, चिउरा, चिनी विस्कुट, पाउरोटी, पिठो, चाउचाउ जस्ता दैनिक उपभोग्य खाद्यवस्तु, पानी प्रशोधन, औषधी, स्वास्थ्य सामाग्री, साबुन उत्पादन तथा प्याकेजिङ गर्ने उद्योगहरुलाई विभागले पास दिनेछ ।
ग्यास बोटलिङ, घरेलु तथा साना उद्योगहरु, निर्यातजन्य र विशेष आर्थिक क्षेत्रमा सञ्चालित उद्योगहरु, सिमेन्ट, डण्डीजस्ता निमार्णजन्य उद्योगहरुका लागि पनि उद्योग विभागबाट पास पाइनेछ ।
यस्तै पाँच जनाभन्दा बढी कामदार नरहने गरी सवारी साधन मर्मत गर्ने वर्कसप, इन्टरनेट जडान तथा मर्मत, प्लम्बिङ तथा विद्युतीय सेवा तथा पेट्रोलपम्प सञ्चालन गर्न आवश्यक सवारी पास उद्योग विभागले दिनेछ ।
कार्टेलिङ भयोः साना व्यवसायी
उद्योग तथा व्यवसाय सञ्चालन गर्ने पास वितरणमा सरकारले कार्टेलिङलाई प्रोत्साहन गरेको आरोप साना तथा स्वतन्त्र उद्योगी व्यवसायीहरुले गरेका छन् । पास प्राप्त गर्नका लागि व्यवसायीक संघसंस्थाको सिफारिस अनिवार्य गरिदाँ ती संस्थामा आबद्ध नभएका तर सरकारी अनुमतिमा सञ्चालित उद्योग तथा व्यवसायी मारमा परेको एक उद्योगीले बताए ।
सरकारबाट सुबिधामा पाइने पास लिनका लागि पनि आफूलाई आवश्यकता नै नरहेको व्यवसायिक संस्थाहरुको सदस्य बन्न पैसा तिर्नु परेको उनको गुनासो छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३