काठमाडौं – संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को अब कुनै पनि आवश्यकता नरहेकाले खारेजी गर्नुपर्ने निर्णय गरेको छ ।
समितिले एसइई सधैका लागि खारेजी गर्न शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । समितिका सभापति जयपुरी घर्तीका सभापतित्वमा बसेको बैठकले शैक्षिक सुधारको क्षेत्रमा ४ बुँदे निर्णय गरेको हो ।
कोरोना संक्रमणले ल्याएको संकटपूर्ण अवस्था २०७६ सालको एसइई परीक्षा सञ्चालन नगर्ने मन्त्रिपरिषद्को निर्णय उपयुक्त ठहर गर्दै संविधान र कानुनले नै कक्षा १२ सम्म विद्यालय तहको शिक्षा किटान गरिसकेकोले अब कक्षा १० को अन्तिम परीक्षा पनि विद्यालयको सहकार्यमा स्थानीय तहले लिनुपर्ने निर्णय गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७