काठमाडौं – दैनिक आम्दानीबाट सरकार राज्य सञ्चालनको खर्च धान्न नसक्ने अवस्थामा पुगेको छ । राज्य सञ्चालनका लागि मासिक ४० अर्ब रुपैयाँ आवश्यक पर्नेमा जेठको आम्दानी खर्चको हिसाब गर्दा खर्च धान्न नसक्ने अवस्थामा देखिएको हो ।
कोभिड–१९ र लकडाउनका कारण व्यापार व्यवसाय ठप्प भएपछि राजस्व संकलन प्रभावित हुँदा यो स्थिती आएको हो ।
राजस्व संकलन प्रभावित भएपछि कर्मचारीका तलबलगायतका चालू खर्चसमेत धान्न नसक्ने अवस्थामा पुगेको अर्थमन्त्री डा. खतिवडाले समेत स्वीकार गरिसकेको आजको राजधानी दैनिकमा खवर छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७