काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार मसान्तभित्र कोरोना भाइरसबाट संक्रमित संख्या ४० हजार पुग्नसक्ने आन्तरिक प्रक्षेपण गरेको छ। मन्त्रालयले ४० हजार संक्रमित पुग्नसक्ने भन्दै त्यसै अनुसार तयारी थाल्न मार्गदर्शन बनाएको छ।
मन्त्रालयले तयार पारेको कोभिड–१९ महामारी व्यवस्थापनका लागि भौतिक स्रोत पहिचान तथा जनशक्ति व्यवस्थापन मार्गदर्शनमा ४० हजार संक्रमितमध्ये ८० प्रतिशत अर्थात् ३२ हजारमा कुनै लक्षण तथा असर नदेखिने भएकाले उनीहरुलाई होम क्वारेन्टिन वा होम आइसोलेसनमा राख्नुपर्ने उल्लेख छ।
त्यस्तै १५ प्रतिशत संक्रमित अर्थात् ६ हजारजनालाई अस्पताल केयर, आइसोलेसन बेड र ५ प्रतिशत अर्थात् २ हजारजनालाई सघन उपचार चाहिने प्रक्षेपण गरिएको आजको नागरिक दैनिकमा खवर छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७