Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ जेष्ठ १, बुधबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

१ दिन अघि
२

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

६ दिन अघि
३

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि
४

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

१ हफ्ता अघि
५

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
६

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
७

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
८

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
९

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
१०

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

४ हफ्ता अघि
११

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

४ हफ्ता अघि
१२

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

१ महिना अघि

धेरै पढिएका

१

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
२

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

१ हफ्ता अघि
३

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
४

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

४ हफ्ता अघि
५

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
६

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
७

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
८

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

६ दिन अघि
९

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

४ हफ्ता अघि
१०

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि
११

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

१ दिन अघि

निजामती प्रशासनमा सचिवसहित ठूलो संख्यामा कर्मचारी कटौतीको तयारी

प्रकाशित मिति: २०७७ अषाढ ८, सोमबार (४ साल अघि)

  • ३४० पटक पढिएको
  • काठमाडौँ — सरकारले कोभिड–१९ महामारीका कारण उत्पन्न आर्थिक संकटसँग जुध्दै वित्तीय स्रोत जुटाउन सयौं प्रशासनिक संरचनाको खारेजी र निजामती प्रशासनमा सचिवसहित ठूलो संख्यामा कर्मचारी दरबन्दी कटौती गर्ने तयारी गरेको छ ।

    संकटका बेला मुलुकमा धान्नै नसकिने गरी बढ्दै गइरहेको प्रशासनिक तथा अनुत्पादक क्षेत्रको खर्च घटाउन सरकारले गृहकार्य थालेको हो । त्यसका लागि योजनाविद् डिल्लीराज खनालको संयोजकत्वमा गठित सार्वजनिक खर्च पुनरावलोकन आयोगले दिएको प्रतिवेदन क्रमश: कार्यान्वयन गर्दै जाने निर्णय गरिएको छ ।

    प्रकोपका कारण खुम्चिएको मुलुकको विकास निर्माण र आर्थिक गतिविधिलाई पुन: गति दिँदै आवश्यक रकमको जोहो गर्न यस्तो तयारी गरिएको हो । बजेट भाषणमा सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको थियो । बजेट पारित हुनासाथ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न गृहकार्य सुरु गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ । ‘बजेटमा सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने घोषणा गरेको छ, प्रतिवेदनको कार्यान्वयन हाम्रो मन्त्रालयको दायित्व हो,’ संघीय मामिला मन्त्रालयका सहसचिव एवं प्रवक्ता वसन्त अधिकारीले भने, ‘प्रतिवेदन अध्ययन गरी त्यसको सुझाव कार्यान्वयन गर्न कार्ययोजना बनाउँदै छौं ।’ आयोगले कम्तीमा ६ वटा मन्त्रालय र ३० भन्दा बढी विभाग घटाउन, ३ सयभन्दा बढी विकास समिति, बोर्ड, कोष, आयोगसहितका अनावश्यक प्रशासनिक संरचना खारेज गर्न सरकारलाई सुझाव दिएको छ ।

    आयोगले प्रतिवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित बढीमा १६ वटामात्र मन्त्रालय राख्न र ६५ विभागमध्ये आधाभन्दा बढी घटाउन भनेको छ । यस्तै, तीन तहको निजामती प्रशासनमा दुई दर्जनभन्दा बढी सचिवसहित ५० हजार कर्मचारी दरबन्दी कटौती गर्नसमेत सरकारलाई सिफारिस गरेको छ । तीन तहको निजामती प्रशासनमा १ लाख ४० हजार कर्मचारीको दरबन्दी छ । यति संरचना र कर्मचारी दरबन्दी घट्दा मुलुकको प्रशासनिक खर्च कम्तीमा एक तिहाइभन्दा बढीले घट्ने र विकास निर्माण तथा आर्थिक गतिविधि बढाउन ठूलो वित्तीय स्रोत जुट्ने आयोगको निष्कर्ष छ ।

    आयोगले प्रतिवेदनमा क्रमश: रिक्त हुँदै जाने कर्मचारीको दरबन्दी खारेज गरी तीनै तहको निजामती प्रशासनको आकार घटाउन भनेको छ । चालु आर्थिक वर्षमा राष्ट्रसेवक कर्मचारीहरूको तलबभत्ता र पेन्सनमा मात्र राज्यको ढुकुटीबाट साढे दुई खर्बभन्दा बढी खर्च हुँदै छ । ‘आयोगको सुझावबमोजिम ५० हजार दरबन्दी घटाई प्रशासनलाई चुस्त र मितव्ययी बनाउँदा एक तिहाइभन्दा बढीले प्रशासनिक खर्च घट्छ, यति काम गर्ने हो भने प्रकोपबाट सिर्जित बेरोजगारीलगायत समस्या समाधान गर्न पर्याप्त स्रोत जुट्छ,’ प्रतिवेदन अध्ययन गरेका उच्च सरकारी अधिकारीले भने ।

    सार्वजनिक खर्च पुनरावलोकन आयोगको सुझाव

    • छोटो कार्यकालमै दर्जनभन्दा बढी विवादित निर्णय
    • ६ मन्त्रालय र ३० विभाग घटाउन
    • ५० हजार कर्मचारी दरबन्दी कटौती गर्न
    • ३ सयभन्दा बढी समिति, बोर्ड, कोष र आयोग खारेज गर्न
    • २/२ सचिव रहेका मन्त्रालयमा १/१ वटा मात्र दरबन्दी राख्न

    सरकारले प्रतिवेदन विभिन्न चरणमा लागू गर्ने तयारी गरेको छ । पहिलो चरणमा दुई/दुई जना सचिव रहेका ६ मन्त्रालयमा एक/एक जनाको दरबन्दी घटाउने र काठमाडौं महानगरमा विशिष्ट श्रेणीको पद खारेज गर्ने गृहकार्य भइरहेको छ । काठमाडौं महानगरमा विशिष्ट श्रेणी (सचिव) को दरबन्दी कटौती गरी अरू महानगरमा जस्तै सहसचिवलाई प्रमुख कार्यकारी अधिकृत राखिनेछ । आयोगले एउटा मन्त्रालयमा दुई जना सचिव राख्दा अनावश्यक रूपमा प्रशासनिक खर्च बढेको र अधिकार क्षेत्रलाई लिए आपसमा विवाद हुँदा काममा समेत नकारात्मक असर परिरहेको निष्कर्ष निकाल्दै घटाउन सुझाव दिएको छ ।

    हाल अर्थ, शिक्षा, ऊर्जा, सिँचाइ तथा जलस्रोत, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दुई/दुई जना सचिव छन् । सहसचिवहरूले भने सचिवको दरबन्दी घटाउँदा आफूहरूको वृत्ति विकासमा नकारात्मक असर पर्ने दाबी गर्दै तत्काल कुनै निर्णय नगर्न लबिइङ गर्न थालेको स्रोतको भनाइ छ ।

    दोस्रो चरणमा विभागको संख्या घटाउने, समिति, बोर्ड, कोष र आयोगसहितका अनावश्यक संरचना खारेजी र तिनमा रहेका कर्मचारीको दरबन्दी कटौतीको काम सुरु गर्ने तयारी सरकारको छ । कर्मचारी तहबाट कुनकुन मन्त्रालय कसरी घटाउन सकिन्छ भनेर प्रधानमन्त्रीसमक्ष सुझाव दिने तयारीसमेत भइरहेको छ । ‘मन्त्रीलाई व्यवस्थापन गरी मन्त्रालयको संख्या घटाउनुपर्ने भएकाले त्यससम्बन्धी अन्तिम निर्णय प्रधानमन्त्रीबाट हुनेछ,’ स्रोतले भन्यो ।

    आयोगले प्रतिवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित २२ वटा मन्त्रालयलाई घटाएर १६ वटा कायम गर्न सुझाव दिएको छ । प्रतिवेदनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सहरी विकास, खानेपानी, महिला, कानुन र युवा तथा खेलकुद मन्त्रालयलाई खारेज गरी तिनले गर्दै आएको काम प्रकृति मिल्ने अन्य मन्त्रालयमा गाभ्न सुझाइएको छ । आयोगले भूमि व्यवस्थालाई कृषिमा, सहरी विकास र खानेपानीलाई भौतिक पूर्वाधारमा, कानुनलाई प्रधानमन्त्री कार्यालयमा, महिलालाई श्रममा, युवा तथा खेलकुदलाई शिक्षामा गाभ्न भनेको छ ।

    अधिकारसम्पन्न संघीय प्रशासनिक पुन:संरचना आयोगले समेत संविधान जारी हुनासाथ केन्द्रमा १२ वटा मन्त्रालय र २३ वटामात्र विभाग राख्न सुझाएको थियो । दोस्रो संविधानसभा कालको राज्य व्यवस्था समितिको निर्देशनमा प्रशासनिक आयोगले केन्द्रमा १५ वटा मन्त्रालय राख्न सरकारलाई सुझाव दियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा आयोगको सुझावविपरीत केन्द्रमा मन्त्रालयको संख्या थपेर १८ वटा पुर्‍याइयो । प्रतिनिधिसभाको चुनावपछि सत्तामा आएका प्रधानमन्त्री केपी ओलीले दुई/दुई पटक मन्त्रालय फुटाएर २२ वटा पुर्‍याएका हुन् । ओलीले कृषि तथा भूमि व्यवस्था, श्रम, रोजगार तथा महिला र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई फुटाएर ४ वटा मन्त्रालय थपेका हुन् । भौतिक पूर्वाधारलाई फुटाएर सहरी विकास र खानेपानी गरी दुइटा मन्त्रालय थपिएको छ ।

    प्रशासनिक आयोगले तीनवटै तहमा जम्मा १ लाख २० हजारमात्र कर्मचारी दरबन्दी राख्न सुझाएको थियो । सुझावलाई लत्याई मन्त्रालय र विभागको संख्या बढाउँदा कर्मचारीको दरबन्दीसमेत बढेर १ लाख ४० हजारभन्दा बढी पुगिसकेको छ । सार्वजनिक खर्च पुनरावलोकन आयोगले बढ्दो प्रशासनिक खर्च घटाउन तीन तहमा कर्मचारीको दरबन्दी ५० हजार घटाई ९० हजारको हाराहारीमा सीमित गर्न सुझाएको छ । कान्तिपुरबाट

    प्रतिक्रिया दिनुहोस
    विविध सम्बन्धि थप
  • दशैंमा भीडभाड हुने चर्चित शक्तिपीठहरु
    हरप्रहर

    दशैंमा भीडभाड हुने चर्चित शक्तिपीठहरु

  • Post Thumbnail
    हरप्रहर

    धोवि खोला करिडोरमा फूलेका फूल यस्तो देखियो फोटो फिचर

  • काठमाडौंमा बालेन साहले कटाए ५० हजार मत
    हरप्रहर

    काठमाडौंमा बालेन साहले कटाए ५० हजार मत

  • यस्तो छ काठमाडौं महानगरको पछिल्लो मत परिणाम
    हरप्रहर

    यस्तो छ काठमाडौं महानगरको पछिल्लो मत परिणाम

  • ताजा खबर
  • १

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    १ दिन अघि

  • २

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    ६ दिन अघि

  • ३

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    १ हफ्ता अघि

  • ४

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    १ हफ्ता अघि

  • ५

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution