मेलम्ची – बलेफी गाउँपालिका –४ का युवकको मृत्यु भएको छ । चौध दिन क्वारेन्टाइन बसेर फर्किएका उनको आज मृत्यु भएको हो ।
क्वारेन्टाइनबाट पीसीआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको केही दिनपछि उनको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।
भारतबाट फर्किएका उनलाई पीसीआर रिपोर्ट नेगेटिभ आएपछि केही दिनअघि घर पठाइएको थियो । मृत्युको कारण भने खुलिसकेको छैन ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७