काठमाडौं – नेकपाका अध्यक्ष प्रचण्डले पनि निवासबाटै पार्टीका महत्वपूर्ण काम गर्न थालेका छन् । कतिसम्म भने नेताहरुको सपथ समेत उनले निवासमै खुवाउन थालेका छन् । नेकपा सर्लाहीका सचिव कमल बुढाथोकीले प्रचण्डको निवास खुमलटारमा सपथ लिएका हुन्।
अध्यक्ष दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, श्रममन्त्री रामेश्वर राय यादव र सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको उपस्थितिमा प्रदेश नम्बर २ का सचिव सुमन प्याकुरेलले बुढाथोकीलाई सपथ खुवाएका हुन् ।
पार्टी कार्यालयमा लिनुपर्ने सपथ बुढाथोकीले आइतबार अध्यक्ष दाहाल निवास खुमलटारमा लिएका हुन्। ‘अहिले स्थायी कमिटी बैठक नै अर्का अध्यक्षको सरकारी निवासमा बसिरहेको छ,’ नेकपा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेले भने, ‘काठमाडौं आएको मौकामा अध्यक्षकै निवासमा सपथ खुवाउँदा ठीकै हुन्छ भनेर खाएको हो। यसलाई अन्यथा लिनु हुँदैन।’
नेकपाको पार्टी कार्यालय प्राय सुनसान हुने गरेको छ । अध्यक्ष र शीर्ष नेताको घरमा भने भिड लाग्ने गरेको छ ।-दृष्टिबाट
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७