काठमाडौँ – कोरोना संक्रमणबाट मृत्यु भएका मानिसको शवबाट कोरोना नसर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा प्रदर्शन हुन थालेपछि मन्त्रालयले शनिबार गरेको पत्रकार सम्मेलनमा सो जानकारी गराएको हो । मृत्यु भइसकेका व्यक्तिबाट कोरोना संक्रमण नसर्ने बताउदै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शव व्यवस्थापनमा अवरोध नगर्न आग्रह गरेका छन् ।
यस्तै, मृतकको शव जलाएर व्यवस्थापन मात्र नभइ गाडेर वा अन्य तरिकाले समेत गर्न सकिने गौतमले बताए । कोरोना संक्रमण खोक्दा, बोल्दा, हाछ्युँ गर्दा निस्कने थुकको छिटाबाट मात्रै सर्ने खबर आजको नेपाल समाचारपत्रले प्रकाशन गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७