काठमाडौं – वैदेशिक रोजगारीमा जानका लागि मङ्गलबारसम्म झन्डै नौ सय जनाले पुनः श्रम स्वीकृति लिएका छन् । सरकारले बिदामा आएका भिसा र करार अवधि भएकालाई पुनः श्रम स्वीकृति (रिइन्ट्री) दिने गरी खुला गरेसँगै त्यो सङ्ख्याका श्रमिकले पुनः श्रम स्वीकृति लिएका हुन् ।
नेपालले श्रम स्वीकृतिका लागि खुला गरेका देशमध्ये यस अवधिमा विभिन्न १९ देशमा पुनः श्रम स्वीकृति दिएको ताहचलस्थित श्रम कार्यालयले जनाएको छ ।
कोभिड–१९ को महामारीका कारण गत फागुन ३० गतेदेखि बन्द रहेको वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने प्रक्रिया गत बिहीबारदेखि पुनः सुरु भएको हो । पछिल्लो पटक सुरु गरेपछि सबैभन्दा धेरै यूएईका लागि चार सय जनाले श्रम स्वीकृति लिएका छन् भने त्यसपछि जापान १४९, कतार ८५, मलेसिया ६० जनाले श्रम स्वीकृति लिएको जनाइएको छ । गोरखापत्र दैनिकबाट
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७