Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ जेष्ठ २, बिहिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

१ दिन अघि
२

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

६ दिन अघि
३

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि
४

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

२ हफ्ता अघि
५

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
६

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
७

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
८

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
९

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
१०

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

४ हफ्ता अघि
११

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

४ हफ्ता अघि
१२

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

१ महिना अघि

धेरै पढिएका

१

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
२

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

२ हफ्ता अघि
३

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
४

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

४ हफ्ता अघि
५

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
६

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
७

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
८

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

६ दिन अघि
९

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

४ हफ्ता अघि
१०

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि
११

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

१ दिन अघि

उपत्यकामा लक्षणसहितका कोरोना संक्रमित बढ्दै

प्रकाशित मिति: २०७७ श्रावण १४, बुधबार (४ साल अघि)

  • ४५४ पटक पढिएको
  • काठमाडौं – राजधानीमा मंगलबार ६१ जना नयाँ संक्रमित फेला परेका छन् । काठमाडौं उपत्यकामा एकै दिन संक्रमण पुष्टि हुनेको संख्या अहिलेसम्मकै धेरै हो । त्यति मात्र होइन, थपिएका यी नयाँ संक्रमितमध्ये एक चौथाइमा लक्षणसमेत देखिएको छ । राजधानीलगायत मुलुकका विभिन्न भागमा केही दिनयता लक्षण भएका संक्रमित फेला पर्ने क्रम बढेको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाका अनुसार उपत्यकामा पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका मध्ये १५ जनामा लक्षण देखिएको छ । उनीहरूमा मुख्य रूपमा ज्वरो, सुक्खा खोकी, स्वाद थाहा नपाउने, टाउको दुख्ने, घाँटी दुख्नेजस्ता लक्षण रहेका छन् ।

    नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत ३२ जना प्रहरीमा मंगलबार संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङका क्रममा उनीहरूमा संक्रमण रहेको पत्ता लागेको हो । संक्रमित प्रहरी प्रधान कार्यालयभित्रै बस्ने गरेको उल्लेख गर्दै वरिष्ठ जनस्वास्थ्य अधिकृत कोइरालाले भने, ‘केही दिनअघि हेड कन्सटेबललाई कोरोना देखिएको थियो, त्यसपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा ३ जनालाई देखिएको थियो । प्रहरीलाई त्यहीँ भित्रैबाट कोरोना सरेको देखिएको छ ।’

    राजधानीमा कोरोना पुष्टि भएकामा दुई चिनियाँ नागरिकसमेत छन् । मंगलबार कोरोना पोजिटिभ देखिएका एक चिनियाँ नागरिक ठमेलको होटलमा बस्दै आएका थिए भने अर्का बौद्घमा घर भाडा लिएर बसिरहेका थिए । न्युरोड क्षेत्रका २ जना व्यापारीमा समेत संक्रमण देखिएको छ । यस्तै बैतडी, नुवाकोट, बुटवल, वीरगन्ज, सर्लाहीबाट कामको सिलसिलामा राजधानी आएका एक–एक जनामा कोरोना संक्रमण देखिएको छ ।

    कान्ति बाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पतालमा उपचाररत एक–एक जनामा कोरोना संक्रमण देखिएको छ । ‘प्रहरी, बिरामी, व्यापारी, चिनियाँ नागरिक, राजधानी बाहिरबाट आएका बाहेक अरूमा पनि कन्ट्याक्ट ट्रेसिङ गर्दा संक्रमण पाइएको छ,’ कोइरालाले भने । उनका अनुसार नयाँ संक्रमितमध्ये ५९ जना काठमाडौंका र भक्तपुर एवं ललितपुरका एक–एक जना छन् ।

    संक्रमणको विस्तार रोक्न जनस्वास्थ्यका विभिन्न प्रक्रिया कडाइसाथ लागू नगरिए समुदायमा कोरोना फैलिन सक्ने चेतावनी राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका छाती रोग विशेषज्ञ डा। नवीनप्रकाश शाहले दिए । ‘समुदायमा कोरोना संक्रमण फैलिए जो मर्छ, मरोस्, जो बाँच्छ, बाँचोस् भनेर छाड्नु वा कडा लकडाउन, कर्फ्यु लगाउनुको विकल्प रहँदैन,’ उनले भने, ‘लक्षणसहितको कोरोनाको केस बढ्दै जानु मुलुकका लागि चिन्ताको अवस्था हो ।’

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार कोरोनाका सामान्य लक्षण ज्वरो, सुक्खा खोकी र थकान हुन् । जीउ दुख्नु, नाक बन्द हुनु, टाउको दुख्नु, आँखा दुखेर सुन्निनु, घाँटी दुख्नु, पखाला लाग्नु, स्वाद वा सुँघ्ने क्षमतामा कमी हुने, छालामा बिमिरा, औंला र खुट्टाको औंलाको रङ परिवर्तित हुनु पनि यसका लक्षण हुन् ।

    मुलुकमा लकडाउन कायमै रहेका बेला असार ३१ देखि साउन ६ गतेसम्म ३० हजार ९६ नमुनाको पीसीआर परीक्षण गरिएकामा ९ सय ३३ जनामा कोरोना पोजिटिभ देखिएको थियो । लकडाउन हटेपछि साउन ७ देखि १३ गतेसम्म २० हजार ७२ नमुना परीक्षण गर्दा १ हजार ६९ जनामा संक्रमण देखिएको छ । हाल देशभरिमा ५ हजार १ सय २९ जना सक्रिय संक्रमित छन् भने १५ हजार ३ सय ३१ जना क्वारेन्टाइनमा छन् । काठमाडौं प्रवेश गर्ने तीन वटा नाकाबाट धमाधम नमुना संकलन गरिँदै छ । साउन १३ गते दिउँसो ४ बजेसम्म फर्पिङबाट ९ सय ५५, थानकोटबाट २ हजार ९ सय १४ र साँगाबाट ९ सय ४४ गरी ४ हजार ८ सय १३ नमुना संकलन गरिएको छ ।

    यसैबीच मुलुकभर मंगलबार ३ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पुष्टि भएका संक्रमितको संख्या १९ हजार ६३ छ । संक्रमण पुष्टि भएर निको हुनेहरू १३ हजार ८ सय ७५ जना छन् । आजको कान्तिपुर दैनिकबाट

    प्रतिक्रिया दिनुहोस
    विविध सम्बन्धि थप
  • दशैंमा भीडभाड हुने चर्चित शक्तिपीठहरु
    हरप्रहर

    दशैंमा भीडभाड हुने चर्चित शक्तिपीठहरु

  • Post Thumbnail
    हरप्रहर

    धोवि खोला करिडोरमा फूलेका फूल यस्तो देखियो फोटो फिचर

  • काठमाडौंमा बालेन साहले कटाए ५० हजार मत
    हरप्रहर

    काठमाडौंमा बालेन साहले कटाए ५० हजार मत

  • यस्तो छ काठमाडौं महानगरको पछिल्लो मत परिणाम
    हरप्रहर

    यस्तो छ काठमाडौं महानगरको पछिल्लो मत परिणाम

  • ताजा खबर
  • १

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    १ दिन अघि

  • २

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    ६ दिन अघि

  • ३

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    १ हफ्ता अघि

  • ४

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    २ हफ्ता अघि

  • ५

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution