काठमाडौं – काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ८७५ पुगेको छ । लकडाउन खुकुलो भएसंगै देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । हालसम्म उपत्यकाका ३ ओटै जिल्लामा जम्मा गरी ८७५ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म काठमाडौंमा ६७४ जना,ललितपुरमा १३४ जना र भक्तपुरमा ७८ जना कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
बिहीबार मात्रै उपत्यकामा ८७ जना कोरोना संक्रमित थपिए । जसमध्ये काठमाडौंमा ७६, ललितपुरमा १० र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज देशभर ३६० जनामा कोरोना संक्रमण देखिएको छ । भने हालसम्म २१ हजार ७ सय ५० जनामा कोरोना संक्तमण पुष्टि भएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७