कृष्णा यादब, वीरगंज – नेपाल सरकारले लकडाउन लागू गरेपछी बारा जिल्लाको विभिन्न नाकामा रहेको सशस्त्र प्रहरीका बारा जिल्ला प्रमुख प्रहरी उपरीक्षक दिगबिजय सुवेदी आफै सिमानाका र बेश केम्पहरुमा निर्देशन दिई जनतालाई लकडाउनको पालना गराउनको लागि बाराको सम्पूर्ण युनिटलाई कडाईको साथ निर्देशन दिएको छन्।
बिश्वब्यापी महामारीको रुपमा फैलीरहेको कोभेड – १९ नोबेल कोरोना भाईरस संक्रमणबाट बचाउनको लागि नेपाल सरकारले गरेको लकडाउनका क्रममा भारतबाट सिमा नाका हुदै चोरबाटो भई चोरीलुकी नेपाल भित्रने र नेपालबाट लुकीचोरी भारतमा जाने मानिसहरुलाई सिमानाकामा आवत जावत गर्नेलाई सशस्त्र प्रहरीबलले कडाईको साथ बाराका विभिन्न नाकामा २ किलोमिटरको दुरिमा सशस्त्र प्रहरी खट्टाई आवत जावतमा कडाईको साथमा रोक लगाउन बाराको सशस्त्र प्रहरी प्रमुखले निर्देशन दिएका हुन्।
बाराको सशस्त्र प्रहरी प्रमुख बाराको विभिन्न नाका बलिरामपुर , मुशहरवा , छातवा बरैनिया, मटिआर्वा , लागाएतका बारा जिल्लाका नाकाहरुमा रहेको बिओपी , वेश केम्पका प्रमुखहरुलाई कुनै पनि मानिस भारतबाट नेपाल र नेपाल भारतबाट ओहर दोहर नगर्ने ठाडो निर्देशन दिदै यदि त्यसतो गरेको पाईएको खण्डमा ठाऊको ठाऊ कारवाही गर्ने निर्देशन दिएको उपरीक्षक सुबेदीले बताएका छन्।
बारा जिल्लाको मुसहरवा नाकामा सशस्त्र प्रहरीले कडाई गरेपछि सो नाकाको बासिन्दाहरुको आवत जावत गर्ने नदिए पछि स्थानीहरुले आक्रोश पोखेका छन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३