काठमाडौं – स्वास्थ्य संस्थाहरुबाट वितरण गरिने अति आवश्यक औषधिको गुणस्तर अध्ययन गर्दा ३७ वटा ब्याच उचित गुणस्तरको नभएको पाइएको छ जसमा ज्वरो आउँदा सेवन गर्ने सिटामोल पनि छ ।
कुल ६२ स्वास्थ्य संस्थाहरु र पाँच क्षेत्रीय मेडिकल स्टोरले गरेको अध्ययनले यो नतिजा निकालेको हो । प्रतिवदेनमा कुल ६२ स्वास्थ्य संस्था पनि संलग्न थिए । यस अध्ययनले १७ वटा जिल्ला अस्पताल, तीनवटा अञ्चल अस्पताल, एक क्षेत्रीय अस्पताल, २१ वटा प्राथमिक स्वास्थ्य केन्द्र र २० वटा स्वास्थ्य चौकीहरु समेटिएका छन् ।
‘२० प्रकारका औषधिहरुको कुल २४४ ब्याच ल्याबमा टेस्ट गर्दा, २३ वटा नेपाल सरकारद्वारा वितरण भएका ब्याच र १४ वटा ब्याच स्वास्थ्य संस्थाहरुमा अन्य स्रोतबाट आएका छन्’ –प्रतिवेदनमा भनिएको छ ।
यस अध्ययनमा स्वास्थ्य संस्था तथा क्षेत्रीय मेडिकल स्टोरहरुबाट २० प्रकारका औषधिको कुल ४४ ब्याचहरु संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा गुणस्तर परीक्षणका लागि पठाइएको थियो । प्रतिवदेदनअनुसार, संकलन गरिएका २० प्रकारका औषधिमध्ये सात प्रकारका औषधिहरु गुणस्तरमा फेल भएका छन् ।
गुणस्तर फेल भएका औषधिमा सिप्रोफ्लोक्सिन हाइडोक्लोरायड आँखा र कानमा हाल्ने झोल, आइरन एप्लिमेन्ट्स ट्याब्लेट, मेट्रोनिडेजोल, प्यारासिटामल पेडियाट्रिक ओरल सस्पेन्सनलगायत छन् ।
गुणस्तरीय नदेखिएको प्यारासिटामलको ब्याच ३ रहेको जनाइएको छ । यस औषधिको आपूर्तिकर्ता नेपाल सरकार रहेको प्रतिवेदनमा जनाइएको छ । यसै गरी स्थानीय स्रोतबाट आपूर्ति गरिएको प्यारासिटामल– ब्याच ३ को पनि गुणस्तर फेल रहेको बताइएको छ ।
औषधि भण्डारण गर्दा स्वास्थ्य संस्थाहरुले अपनाउनुपर्ने आधारभूत मापदण्डमा ख्याल नगरेका कारण पनि औषधिको गुणस्तर ह्रास भएको हुन सक्ने बताइएको छ ।
औषधिलाई सूर्यको प्रत्यक्ष किरणबाट जोगाउनुपर्ने, ओसमा पर्न दिन नहुने, अधिक तापले पनि क्षति पुर्याउने, भण्डार कोठामा हावा आवतजावतको राम्रो व्यवस्था भएको हुनुपर्ने, औषधि भण्डार कोठामा पर्याप्त सरसफाइको आवश्यकता नपुगेका कारण पनि औषधिहरु काम नलाग्ने भएको प्रतिवेदनमा उल्लेख रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७