Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ जेष्ठ २, बिहिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

१ दिन अघि
२

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

६ दिन अघि
३

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

२ हफ्ता अघि
४

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

२ हफ्ता अघि
५

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
६

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
७

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
८

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
९

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
१०

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

४ हफ्ता अघि
११

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

४ हफ्ता अघि
१२

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

१ महिना अघि

धेरै पढिएका

१

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
२

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

२ हफ्ता अघि
३

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
४

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

४ हफ्ता अघि
५

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
६

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
७

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
८

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

६ दिन अघि
९

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

४ हफ्ता अघि
१०

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

२ हफ्ता अघि
११

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

१ दिन अघि

काठमाडौं महानगरद्वारा वडालाई अनावश्यक खर्चमा अंकुश

प्रकाशित मिति: २०७७ श्रावण २५, आईतबार (४ साल अघि)

  • ४११ पटक पढिएको
  • काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्ना ३२ वटै वडालाई जथाभावी खर्च गर्न अंकुश लगाएको छ । महानगरले आर्थिक वर्ष २०७७-७८ मा निकासा गरिएको वडास्तरीय प्रशासनिक तथा विकास निर्माणसम्बन्धी बजेट खर्चलाई पारदर्शी बनाउन बजेट खर्च व्यवस्थापनसम्बन्धी नयाँ मार्गदर्शन २०७७ जारी गर्दै सबै वडा कार्यालयलाई अपारदर्शी खर्चमा अंकुश लगाएको हो ।

    काठमाडौं महानगरपालिका तथा सबै वडाबाट हुने सबै खाले खर्चलाई पारदर्शी बनाउन र सेवाप्रवाहलाई प्रभावकारी बनाउन २६ बुँदे नयाँ मार्गदर्शन जारी गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले जानकारी दिए । यसअघि यस प्रकारको स्पष्ट मार्गदर्शन नहुँदा वडाहरूले मनलाग्दी खर्च गर्ने गरेका थिए, जसका कारण वडाहरूले विकास निर्माणका लागि गरेका कार्यहरूसमेत प्रभावकारी हुन सकेको थिएन ।

    सो मार्गदर्शनअनुसार अब सबै वडाले बजेटको सीमाभित्र रही प्रचलित कानुनबमोजिम खर्च गर्ने गराउने, पारदर्शी रूपमा स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमार्फत लेखा राख्ने, प्रतिवेदन तयार गर्ने, तथा आन्तरिक र अन्तिम लेखा परीक्षण गराउने जिम्मेवारीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेछ ।

    मार्गदर्शनअनुसार सबै वडा कार्यालयहरूले प्रशासनिक खर्चको निकासा रकम काठमाडौं महानगरपालिकाको सार्वजनिक खर्च नियमावली २०७४ को अधीनमा रही खर्च गर्नुपर्नेछ । यसैगरी कार्यालयबाट खरिद गरिने २० हजारसम्मको सामान सेवा, परामर्श खरिद गर्दा नियमानुसार पान नम्बर लिएकाहरूसँग खरिद गर्न र २० हजारभन्दा बढीको सामान तथा सेवा खरिद गर्दा मूल्य अभिवृद्धि करमा दर्तावालसँग मात्रै खरिद गरी अनिवार्य रूपमा मूल्य अभिवृद्धि कर बिजक लिनु्पर्ने मार्गदर्शनमा व्यवस्था गरिएको छ ।

    यसैगरी, कार्यालयका तर्फबाट पेस्की लिनु–दिनु परेमा नियमानुसारको पेस्की दिई कार्य सम्पन्न भएको तीन दिनभित्र पेस्की फछ्र्योट गर्नुपर्नेछ । सबै वडाहरूले एक आर्थिक वर्षमा दिएको पेस्की सोही आर्थिक वर्षभित्रमा फछ्र्योट गरिसक्नुपर्नेछ । मार्गदर्शनअनुसार सबै वडाले संघ, प्रदेश र महानगरपालिकाबाट सहलगानी र साझेदारीमा संचालन हुने कार्यक्रम वा आयोजनाबाहेक एक आपसमा दोहोरो नपर्ने गरि कार्यक्रम तथा आयोजना सञ्चालन गर्नुपर्नेछ ।

    यसैगरी वडाहरूले सचेतता तथा नागरिक सुनुवाइमा विनियोजन गरेको बजेट रकम खर्च गर्दा वडा कार्यालयले गरेको विकास निर्माणसम्बन्धी जानकारी तथा अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्ने वडावासीको गुनासो तथा सुझाव लिन नागरिक सुनुवाइ गरी सुझाव संकलन तथा वडास्तरीय प्रगति समीक्षा अनिवार्य रूपमा गर्नुपर्ने प्रावधान बनाइएको छ ।

    महानगरले सबै वडालाई सोही २६ बुँदे मार्गदर्शनलाई आधार मानेर मितव्ययी एवं पारदर्शी रूपमा बजेट प्रयोग गर्न गम्भीर ध्यानाकृष्ट गराएको छ ।

    प्रतिक्रिया दिनुहोस
    विविध सम्बन्धि थप
  • दशैंमा भीडभाड हुने चर्चित शक्तिपीठहरु
    हरप्रहर

    दशैंमा भीडभाड हुने चर्चित शक्तिपीठहरु

  • Post Thumbnail
    हरप्रहर

    धोवि खोला करिडोरमा फूलेका फूल यस्तो देखियो फोटो फिचर

  • काठमाडौंमा बालेन साहले कटाए ५० हजार मत
    हरप्रहर

    काठमाडौंमा बालेन साहले कटाए ५० हजार मत

  • यस्तो छ काठमाडौं महानगरको पछिल्लो मत परिणाम
    हरप्रहर

    यस्तो छ काठमाडौं महानगरको पछिल्लो मत परिणाम

  • ताजा खबर
  • १

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    १ दिन अघि

  • २

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    ६ दिन अघि

  • ३

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    २ हफ्ता अघि

  • ४

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    २ हफ्ता अघि

  • ५

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution