काठमाडौं – कीर्तिपुरको बाघभैरव खट जात्रा कोरोना महामारीका कारण सो जात्रा स्थागित छ । ६४ बर्षको इतिहासमा पहिलो पटक यसरी स्थागित भएको हो। प्रत्येक बर्ष भाद्र १ गतेको दिनमा बाघभैरवका जात्रा गर्ने चलन थियो ।
बाघभैरव जात्रा गुथिले प्रकाशित सूचना अनुसार यस बर्षको जात्रा स्थागित गरि पुजापाठ मात्र गर्ने जानकारी दिएको छ । सो सुचनामा विश्वमा महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसका कारण यस कीर्तिपुर नगर क्षेत्रभित्र पनि संत्रमण हुने संभावनालाई मध्यनजर गर्दे विगतका बर्षहरुमा जस्तै भाद्र १ गते बाघ भैरवको जात्रा यसपालि स्थागित गर्ने र उक्त दिन सिमित गुथियारहरु मात्र बसी पुजापाठ गरी जात्रा सम्पन्न गर्ने, बाघ भैरव जात्रको दिन बाघभैरवको गरगहणा सम्वन्धीत ब्यक्तिहरुले बुझी सोहि दिन पुजा गरी पुनः बाघभैरवमा नै चढाउने प्रचलन अनुसार यस बर्षमा जात्रा स्थगित हुने भएकोले सो कार्य पनि बन्द गर्ने उल्लेख गरिएको छ ।
ऐतिहासिक एवं सांस्कृतिक रुपमा महत्वपूर्ण मानिएको कीर्तिपुरवासीको आराध्यदेव वाघभैरबलाई हालसम्म पनि आजु द्यः भन्दै आएका छन् ।
कीर्तिपुरको यो बिशेस जात्रको रुपमा लिने चलन रहि आएको छ। बाघभैरवको विशेष पूजाआजा भाद्र १ गते गर्दै आएतापनि नेपाल संवत् १०७६ विक्रम संवत् २०१३ देखि मात्र खट् जात्रा सुरु गरेको हो । बाघभैरव जात्राको क्रममा विभिन्न सांस्कृतिक बाजा बजाउदै नगर परिक्रमा गर्ने चलन रहेको छ । पछिल्लो समयमा आएर कीर्तिपुरवासीले बाघभैरव जात्राको समयमा आफन्तहरुलाई बोलाउने समेत गर्न थालेका छन् भने यस बर्ष कोरोना महामारीका कारण प्रभावित भएको देखिन्छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७