काठमाडौँ – प्रतिनिधि सभा सदस्य जीबनराम श्रेष्ठको अध्यक्षतामा नागार्जुन नगरपालिकामा कोभिड १९ रोकथामका लागि आइसोलेसन निर्माणको कार्य गरिने भएको छ ।
नगर प्रमुख मोहन बस्नेत, उप-प्रमुख शुशीला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगर, लेखा प्रमुख र स्वास्थ्य शाखा प्रमुखको उपस्थितिमा कोभिड-१९ रोकथाम, उपचार र नियन्त्रणको लागि स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत बचेको बजेट खर्च गर्ने निर्णय भएको छ।
भिमढुंगा स्वास्थ्य चौकीमा रहेको आइसोलेसन कक्षलाई वेड तथा सुविधा थप गरी संचालन गर्न आवश्यक रकम व्यवस्थापन गर्ने निर्णय पनि भएको छ ।
नगरपालिका भित्र थप आइसोलेसन निर्माण, व्यवस्थापन तथा संचालनको लागि ४० लाख रुपैया खर्च गरिने भएको छ। यी भित्र विभिन्न सिर्षकमा खर्च गरिने छ :
* अक्सिजन सिलिण्डर सहित
* नेबुलाइजर
* मेडिसिन
* वेड
* भत्ता
* आइसोलेसनमा खटिने कर्मचारी तथा बिरामीहरूको लागि खानाखाना/खाजाको व्यवस्था
* एम्बुलेन्स तथा इन्धन खर्च
* सरसफाई सामाग्री तथा वासिंग मेसिन समेतको व्यवस्थापन खर्च
कोभिड १९ रोकथाम, प्रचारप्रचार/प्रसार तथा सचेतना कार्यक्रमको लागि ७ लाख खर्च गरिने छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७