काठमाडौ – उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त निर्णयले जारी गरीको निषेधाज्ञा बिहिबारदेखि खुकुलो भएको छ ।
खुकुलो भएको निषेधाज्ञामा के व्यवसाय खोल्न पाउने भन्ने उल्लेख भएको जिल्ला प्रशासन कार्यालयको विज्ञप्तिको बुंद नं १० मा फुटपाथ पसल खोल्न पाउने समेटिए पनि काठमाडौँ महानगरको नीति अनुरुप उक्त बुदा अनुकुल नभएको भन्दै वडा १८ ले विज्ञप्ति जारी गरेको छ ।
फुटपाथ पसल खोल्ने जिल्ला प्रशासन कार्यालयले उल्लेख गरे पनि काठमाडौँ महानगरपालिकाको नियम विपरित रहेको वडा कार्यालयको ठहर छ ।
वडाध्यक्ष न्हुछेकाजी महर्जनद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा यदि कसैले १८ वडा भित्र फुटपाथ पसल राखेको पाइएमा काठमाडौँ महानगरपालिकाको नियम अनुसार कारवाही हुने पनि उल्लेख गरिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७