ललितपुर – महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनले आज आफूलाई कोरोना भाइरसको संक्रमण भएको खुलाएका हुन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै श्रेष्ठले आफू स्वयं संक्रमित भएको जानकारी गराएका हुन् । उनले रोगलाई छिट्टै जितेर पुन नगरलाई सुरक्षित बनाउने अभियानमा निरन्तर जुट्ने दृढता व्यक्त गरेका छन् ।
श्रेष्ठले लेखेका छन्ः आदरणीय नगरबासी दाजुभाइ तथा दिदिबहिनीहरु , विश्व माहामारीको रुपमा भैलिएको कोरोना भाइरसलाइ हाम्रो नगरमा फैलिन नदिन , नियन्त्रण र रोकथाम गरी नगरबासीहरुलाइ सुरक्षित राख्न निरन्तररुपमा खटिरहँदा म आफै कोरोना भाइरसबाट सक्रमित भई हाल उपचारमा रहेको जानकारी गराउदै यो रोगलाइ छिटै जितेर पुन नगरलाई सुरक्षित बनाउने अभियानमा निरन्तर जुट्ने छु।
मेरो सम्पर्कमामा रहनुभएका माहानुभाबहरुलाइ एकपटक परिक्षण गर्नहुन अनुरोध छ।
रामेश्वर श्रेष्ठ
नगर प्रमुख महालक्ष्मी नगरपालिका ललितपुर ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३