काठमाडौं – इटालियन सिरि ए लिगमा रोमा र एसी मिलानले सानदार जित निकालेका छन् । आइतबार राति भएको खेलमा दुवै टोलीले सानदार जित निकालेका हुन।
प्रशिक्षक जोसे माउरिन्होको नेतृत्वमा रोमाले सालेर्निटानालाई ४-० गोल अन्तरले पराजित गरेको हो । रोमाको एकपक्षीय जितमा लोरेन्जो पेलेग्रेनीले दुई गोल गर्दा जोर्डन भेरेटोउट र टमि अब्राहमले एक-एक गोल गरे ।
लगातार दोस्रो जितसङै रोमा सात अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । सालेर्निटाना दुई खेलबाट विना अंक रेलिगेशन जोनमा रहेको हो ।
अर्को खेलमा एसी मिलानले कागलियरीलाई ४-१ गोल अन्तरले पराजित गरेकाे छ । मिलानको जितमा चेल्सीबाट भर्खरै आएका ओलिभियर जिराउडले दुई तथा सान्द्रो टोनाली तथा राफेल लिओले एक/एक गोल गरे ।
कागलियरीको लागि एलेक्सान्द्रो डाइओलाले एक सान्त्वना गोल गरे ।
लगातार दोस्रो जितसङै मिलान ६ अंकसहित चौथो स्थानमा छ । समान दुई खेलबाट एक अंक जोडेको कागलियरी तालिकाको १४ औँ स्थानमा छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७