काठमाडौं -नेपाल र भारतबिचको पहिलो अन्तराष्ट्रिय मैत्रीपुर्ण खेल १–१ गोलको बराबरीमा सकिएको छ ।नेपालले भारतविरुद्ध एक गोलको अग्रता जोगाउन नसक्दा खेल बराबरीमा टुंगिएको हो ।
माल्दिभ्समा आयोजना हुने साफ प्रतियोगिताको तयारीमा रहेका दुबै टिमले नेपालको घरेलु मैदान दशरथ रंगशालामा बराबरी खेले । पहिलो हाफमा नेपालले भारतविरुद्ध १–० ले अग्रता बनाएको थियो । खेलको ३६ औं मिनेटमा नेपालका लागि अन्जन विष्टले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए।
भारतका चिंग्लेन्साना सिंह कोन्शामले गरेको ब्याकपास फितलो बन्दा अन्जनले बल कलेक्ट गरी भारतीय गोलरक्षकलाइ छक्याउँदै पेनाल्टी एरियाबाट गोल गरेका थिए ।
भारतविरुद्ध नेपालले पहिलो हाफको खेल सकिँदा उत्कृृष्ट खेल पस्किँदै पाहुना टोलीलाई दबााबमा राखेको थियो । । ४५ मिनेटमा सुमन लामाले बक्स बाहिरबाट गरेको शशक्त प्रहार भारतका गोलरक्षक गुरप्रसत सिंह सन्धुले मुस्किलले बचाएका थिए । दोस्रो हाफमा भारतले मजबुद प्रदर्शन गरेको थियो ।
नेपाल विरुद्ध दोस्रो हाफको ६० औं मिनेटमा सुनील क्षेत्रीले बक्स बाहिरबाट गरेको शशक्त प्रहार गोलरक्षक किरण पन्च गरी रोकेको बल गोललाइनमा खस्दा सोही बल उपयोग गरी अनिरुद्र थापाले बराबरी गोल फर्काएका थिए ।
खेलको ७८ औं मिनेटमा विशाल राईले गरेको प्रहार फ्रेममा पर्न सकेन । ८० औं मिनेटमा सुमन अर्यालको डि बक्सबाहिरको प्रहारलाई भारतका डिफेन्डरले क्लियर गरिदिएका थिए ।
खेलको इन्ज्युरी टाइममा नेपालका कमल थापाले गरेको हेडिङले दिशा पाउन सकेन । नेपाल र भारतबिचको दोस्रो खेल अब आइतबार हुनेछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७