काठमाडौँ – नेपाल ओलम्पिक कमिटीको भवनमा बुधबार नेपाल कुश्ती संघका दुई खेलाडी एक प्रशिक्षक र खेल व्यवस्थापकलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय जीवन राम श्रेष्ठबाट विदाई कार्यक्रम सम्पन्न भएको छ ।
अक्टोवर २ देखि १० सम्म हुनलागेको नर्वेको ओस्लोमा Senior World Wrestling Championship 2021 मा भाग लिन नेपाल कुस्ती सघंको महासचिव साहिल अन्सारीको नेतृत्वमा नेपाल कुस्ती सघंका दुइ जना खेलाडि ( सुमिर कुमार साह र सुरेश चुनारा ) र प्रशिक्षक धरमराज यादव सहभागिता जनाउने, सुमिर कुमार साहले ९७ र सुरेश चुनाराले ७४ केजी तौलमा भाग लिदैछन।
यस कार्यक्रममा नेपाल मुस्लीम आयोगका अध्यक्ष तथा नेपाल कुश्ती संघका उपाध्यक्ष माननीय समिम मियाँ अन्सारी, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकरी र्निदेशक चतुरानन्द राजवैद्य, उपाध्यक्ष अशोक बज्राचार्य, महासचिव निलेन्द्र राज श्रेष्ठ, सचिव रामजी बहादुर श्रेष्ठ तथा सदस्यहरु राम अवाले र रमेश प्रसाद शिवाकोटी को उपस्थिती रहेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७