ग्वाटेमाला सिटी – एउटा कन्टेनरभित्र अलपत्र अवस्थामा छोडिएका नेपालसहित विभिन्न देशका १२६ आप्रवासीलाई ग्वाटेमाला प्रहरीले उद्दार गरेको छ । कन्टेनरभित्र ठूलो स्वरमा रोएको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।
अमेरिका लैजाने भनेर ठूलो रकम असुलेर मानव तस्करको एउटा समूहले उनीहरूलाई अलपत्र छोडिदिएको हुन सक्ने ग्वाटेमाला प्रहरीले अनुमान गरेको छ । उद्दार गरिएकामध्ये १०० जना संकटग्रस्त हेइटीका नागरिक भएको बुझिएका छ । बाँकी नेपाल, घाना र अन्य देशका नागरिक छन् ।
‘चिच्चाएको आवाज सुनेपछि कन्टेनरको ढोका खुल्दा गैरकानूनी रुपमा प्रवेश गरेका १२६ जनालाई देख्यौं,’ ग्वाटेमालका प्रहरी प्रवत्ताले भने । उनीहरू मेक्सिको हुँदै अमेरिकातर्फ जान लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३