काठमाडौं -उदाय् समाजको आयोजनामा बुद्ध शासनमा प्रचलिन रहको सामूहिक संघदान २०७८ साल पुष १० गते शनिवार डल्लु आवासको कसाः खेलको प्रांगनमा सम्पन्न भएको छ । उपत्यका भित्रका विभिन्न विहारमा रहेका भन्ते गुरुमांहरुलाई निमन्त्रण गरी संचालन गरिएको उक्त कार्यक्रममा भन्ते र गुरुमांहरु ४० जनाको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा उदाय् समाजका अध्यक्ष डा.रुपज्योति कंसाकारले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका उपसंघनायक भिक्षु गुणघोष महास्थवीरले पञ्चशील प्रदान गरेका थिए भने भिक्षु महासंघद्धारा भन्ते र गुरुमांहरु सहितले परित्राण पाठ पनि गरेका थिए । उक्त कार्यक्रममा भिक्षु कोण्डन्य महास्थावीरजुले धर्मदेशना गरी उनले धर्म देशनाको सिलसिलामा बुद्ध शासन चीर स्थायित्व गर्नका लागि उदाय् समुदायले गरेको योगदान कार्यको पनि चर्चा परिचर्चा गरेका थिए ।
उक्त कार्यक्रममा कार्यक्रमका संयोजिका मीना तुलाधरले उपस्थित सबैलाई कृतज्ञता ज्ञापन गर्दै अन्तमा गुणघोष भन्तेद्धारा पुण्यानुमोदन गरिएको थिए । औपचारिक कार्यक्रम समाप्त भएपनि उपस्थित उपासक उपासिकाहरुद्धारा भन्ते गुरुमांहरुलाई सामूहिकरुपले भोजन दान, वस्तु दान र नगद दान गरेका थिए । वस्तुदानमा झोला, तन्ना, थर्मस, साबुन, सानिटाइजर, रुमाल, नेलकटर, सञ्चो, भिक्स, टोपी, सितामोल गरी एघार वटा वस्तु झोलामा राखेर दान गरेका थिए । साथै नगद खाम बन्दी गरी २००० दान गरेका थिए । अन्तमा भन्ते गुरुमांहरुद्धारा आर्शिवचन दिइ काय्रक्रम सम्पन्न गरेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३