काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी डलरको मूल्यमा स्थिर आएको छ । विहीबार एक अमरिकी डलर बराबर ११९ रुपैयाँ २८ पैसा खरिदर रहेको छ भने बिक्रीदर ११९ रुपैयाँ ८८ पैसा रहेको छ । बुधबार एक डलरको खरिददर ११९ रुपैयाँ १५ पैसा विक्रीदर ११९ रुपैयाँ ७५ पैसा रहेको थियो ।
युरोपेली मुद्रा यूरो एकको खरिददर १३४ रुपैयाँ ५५ पैसा र विक्रीदर १३५ रुपैयाँ २३ पैसा रहेको छ । त्यस्तै, अस्टेलियन डलर एकको खरिददर ८६ रुपैयाँ १० पैसा र विक्री दर ८६ रुपैयाँ ५३ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ७७ पैसा र विक्रीदर ३१ रुपैयाँ ९३ पैसा रहेको छ । जापानीज ऐन १० को खरिददर १० रुपैयाँ ३७ पैसा र विक्रीदर १० रुपैयाँ ४३ पैसा रहेको छ ।
त्यस्तै सबैभन्दा महगो मुद्रा कुवेती दिनारको एक हप्ता पहिला एकको खरिददर ४०० रुपैयाँ ५८ पैसा पुगेको छ भने विक्रीदर ४०२ रुपैयाँ ५६ पैसा रहेको थियो । बुधबार कुवेती डिनार एकको खरिददर ३९३ रुपैयाँ ९८ पैसा रहेको छ भने विक्रीदर ३९५ रुपैयाँ ९६ रुपैयाँ रहेको छ । त्यस्तै बहराइन दिनार पनि एकको खरिददर ३१६ रुपैयाँ ४२ पैसा र विक्रीदर ३१८ रुपैयाँ ०१ पैसा रहेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३