काठमाडौं – नेपाल पावर एक्सचेन्ज लिमिटेड र भारतीय कम्पनी मनिकरन पावर लिमिटेडबीच विद्युत व्यापार खरिद सम्झौता भएको छ । स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इप्पान)ले प्रवद्र्धन गरेको एक्सचेन्जले सोमबार नेपाल पावर समिटसँग सम्झौता भएको हो ।
यो सम्झौतापछि नेपाल पावरले मनिकरनमार्फत भारतमा निजी क्षेत्रबाट विद्युत बेच्न पाउने छ । हाल नेपाल विद्युत प्राधिकरणले मात्रै विद्युतको व्यापार गर्दै आएको छ । सरकारले नेपाल पावर एक्सचेञ्ज लिमिटेडले विद्युत व्यापारको लाइसेन्स पाएपछि भारतमा विद्युत व्यापार गर्न पाउनेछ ।
कार्यक्रममा उर्जा मन्त्री पम्फा भुसालले निजी क्षेत्रलाई पनि विद्युत बेच्ने पाउने लाइसेन्स दिन प्रकृया शुरु भएको बताएकी छिन । उनले कार्यविधि बनाउने काम भइरहेको जानकारी दिइन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३