काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । बुधबार लागि एक अमेरिकी डलरको ६ महिनायताकै न्यून दरमा रहेको छ । बुधबार खरिददर ११७ रुपैयाँ ९६ पैसा र विक्री दर ११८ रुपैयाँ ५६ पैसा रहेको छ । गत जुन महिनामा एक अमेरिकी डलर बराबर ११६ रुपैयाँ ६२ पैसा खरिददर र ११७ रुपैयाँ २२ पैसा विक्रीदर रहेको थियो ।
युरोपेली मुद्रा यूरो एकको खरिददर १३३ रुपैयाँ ७५ पैसा र विक्रीदर १३४ रुपैयाँ ४४ पैसा रहेको छ । त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ७९ पैसा र विक्री दर ८५ रुपैयाँ २२ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ४२ पैसा र विक्रीदर ३१ रुपैयाँ ५८ पैसा रहेको छ । जापानीज ऐन १० को खरिददर १० रुपैयाँ २२ पैसा र विक्रीदर १० रुपैयाँ २८ पैसा रहेको छ ।
कुबेती मुद्रो एकको खरिददार ३८९ रुपैयाँ ८९ पैसा र विक्रीदर ३९१ रुपैयाँ ८७ पैसा रहेको छ । त्यस्तै बहराइन दिनार सोमबारका लागि एकको खरिददार ३१२ रुपैयाँ ८४ पैसा र विक्रीदर ३१४ रुपैयाँ ४३ रुपैयाँ रहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३