नयाँ दिल्ली – भारतमा कोभिडबाट पछिल्लो २४ घन्टामा ७०३ जनाको मृत्यु भएको छ । यो भारतमा तेस्रो लहर सुरु भएपछि अहिलेसम्मकै धेरै मृत्यु हो । त्यस्तै, पछिल्लो २४ घन्टामा तीन लाख ४७ हजार जना संक्रमित भएका छन् ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि भारतमा संक्रमित ह्वात्तै बढेको छ । अहिलेसम्म ६ हजार ९९२ जनामा ओमिक्रोन देखिएको छ । यो अघिल्लो दिनको तुलनामा ४ दशमलव ३६ प्रतिशतले बढी हो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दैनिक संक्रमण दर १७ दशमलब ५४ प्रतिशत छ ।
केही राज्यमा संक्रमण दर ‘पिक’ मा पुगेर घट्न थालेको विज्ञहरुले बताएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३