काठमाडौं – पूर्वाञ्चल विश्वविद्यालयले कोरोनाभाइरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै सबै संकायका वार्षिक र सेमेस्टर प्रणालीका परीक्षा स्थगित गरेको छ ।
परीक्षा नियन्त्रक प्रा.मोहन बहादुर बस्नेतले शुक्रबार सूचना जारी गरेर पूर्व प्रकाशित परीक्षा तालिका अनुसार सबै संकायअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम (वर्ष/सेमेष्टर) का सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी परीक्षाहरू स्थगित गरिएको जानकारी दिएका हुन् ।
उनका अनुसार ९ माघदेखि माघ मसान्तसम्मका सबै परीक्षा स्थगित गरिएको हो ।
सार्वजनिक सूचना
पूर्वाञ्चल विश्वविद्यालयद्वारा पूर्व प्रकाशित परीक्षा तालिका अनुसार सवै संकाय अन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम (बर्ष÷सेमेष्टर) का सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी परीक्षाहरू विश्वव्यापी रूपमा फैलिएको ऋयखष्म–ज्ञढ (ओमिक्रोन भेरिएण्ट) को तीब्र संक्रमणका कारण जोखिम बढेको हुँदा मिति २०७८/१०/०९ गतेदेखि २०७८ माघ मसान्तसम्मका सम्पूर्ण परीक्षाहरू स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
प्रा.मोहन बहादुर बस्नेत
परीक्षा नियन्त्रक
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३