बारा – सेवाग्राहीसँग घुस लिने नायब सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ। बाराको कोल्हवी नगरपालिका, वडा नं. ११ रामपूर्वाका वडासचिव ना.सु. विनोदप्रसाद साहले जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग ३ हजार ५ सय घुस लिएको भन्दै अख्तियारले नियन्त्रणमा लिएको हो।
उनलाई आयोगको हेटौंडा कार्यालयबाट खटिएका टोलीले उनको कार्यालयबाट नियन्त्रणमा लिएको थियो। यसबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३