काठमाडौँ – काठमाडौँको न्युरोडमा अवस्थित बहुचर्चित व्यापारिक भवन महर्जन कम्प्लेक्समा व्यवसायीले धमाधम व्यवसाय संचालन गर्न सुरुवात गरेका छन् ।
काठमाडौँ दरबार स्क्वायरको मनोरम दृश्य र नेपाल कै सबै भन्दा ठूलो व्यापारिक केन्द्र न्युरोडमा रहेको महर्जन कम्प्लेक्स व्यापारिक दृष्टिकोणबाट निकै सम्भावना बोकेको भवनको रुपमा लिइएको छ ।
हाल फोर नाइन बागलुङ ज्वेलर्स र एन.एफ.सी फूडकोर्ट महर्जन कम्प्लेक्समा संचालनमा आएका छन् । शुद्घता हाम्रो प्रतिबद्घता भन्ने नारासहित ज्वेलर्स संचालनमा आएको हो ।
बागलुङ ज्वेलस लगत्तै एनएफसी फूडकोर्टले पनि महर्जन कम्प्लेक्सबाट व्यवसायको सुरुवात गरेको छ । नयाँ स्वादको लस्सी, नेपाली काजु र अन्य विभिन्न खानेकुराको विशेषतासहित एनएफसीले व्यवसायको सुरुवात गरेको हो ।
लण्डनको १० वर्ष र आबुधाबीको ३ वर्षको अनुभव संगालेर कुञ्जन आचार्यले रविन्द्र नकर्मी र भिमकुमार श्रेष्ठसँगको सहकार्यमा व्यवसायको सुरुवात गरेका छन् ।
स्पेशल पाउँ, आइसक्रिम, चियालगायतका सामग्री एनफएसीले उपलब्ध गराउने पनि संचालक आचार्यले जानकारी दिए ।
बहुचर्चित व्यापारिक भवन महर्जन कम्प्लेक्समा नयाँ व्यवसाय तथा पुराना व्यवसायको स्थानानतरण हुने कार्य आक्रामक रुपमा अगाडि बढिरहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३