काठमाडौं – विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४० करोड नाघेको छ । मंगलबार एकैदिन विश्वमा २६ लाख १४ हजार ८ सय जना नयाँ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ४० करोड नाघेको हो ।
वल्डोमिटर्सको तथ्याङ्क अनुसार विश्वमा हालसम्म ४० करोड १२ लाख ८८ हजार ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेको छ ।
संक्रमितमध्ये ३२ करोड ११ लाख २० हजार २७० जना निको भइसकेका छन् । हालसम्म कोरोना संक्रमणका कारण ५७ लाख ८३हजार १८२ जनाको मृत्यु भएको वल्डोमिटर्सको तथ्याङ्कले देखाएको छ ।
विश्वमा पहिलो पटक कोरोना भाइरस सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो ।
विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ७ करोड ८५ लाख ५६ हजार १९३ जनामा कोरोना पुष्टी भइसकेको छ ।
अमेरिकापछि कोरोना संक्रमितको दोस्रो ठूलो संख्या भारतमा रहेको छ । भारतमा हालसम्म ४ करोड २४ लाख १० हजार ९७६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
वल्डोमिटर्सको अनुसार ब्राजिलमा २ करोड ६७ लाख ७६ हजार ६२०, फ्रान्समा २ करोड १० लाख ३९ हजार ६३९, बेलायतमा १ करोड ७९ लाख ३२ हजार ८०३ जनालाई कोरोना संक्रमण भएको छ ।
कोरोनाले सबैभन्दा बढीको ज्यान अमेरिकामा लिएको छ । हालसम्म अमेरिकामा ९ लाख ३२ हजार ४४३ जनाको मृत्युको कारण कोरोना बनेको छ ।
कोरोनाका कारण ब्राजिलमा ६ लाख ३३ हजार ८९४, भारतमा ५ लाख ५ हजार ३०८, रुसमा ३ लाख ३६ हजार ७२१ र मेक्सिकोमा ३ लाख ९ हजार ८८४ जनाको मृत्यु भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३