काठमाडौं – कोरोना महामारीका कारण भौतिक रुपमा स्थगित त्रिभुवन विश्वविद्यालयको पठनपाठक फागुन १ गतेदेखि भौतिक रूपमै सञ्चालन हुने भएको छ ।
बिहीबार एक सूचना जारी गर्दै त्रिविले क्याम्पस/विभाग/स्कुलहरूमा विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरेर स्थानीय निकायले तोकेको समयसीमा र मापदण्डभित्र रहनेगरी स्थानीय निकायसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्व तयारी गरी कक्षा सञ्चालन, प्रशासनिक कार्य र परीक्षा गर्न भनेको छ ।
त्रिविको कार्यकारी परिषद्ले २५ माघमा बैठकले निर्णय गरी स्वास्थ्य मापदण्ड पालना गरी भौतिक रूपमा कक्षा सञ्चालनदेखि दैनिक प्रशासनिक कार्य सम्पादन गर्न निर्देशन दिएको हो ।