काठमाडौं – बैशाख ३० गते एकै चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि एक लाख म्यादी प्रहरी मागिएको छ । त्यसका लागि आजदेखि आवेदन खुलेको छ ।
आजदेखि देशभरका जिल्लामा म्यादी भर्नाका लागि कोटाअनुसार आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । आवेदन हरेक जिल्लामा खुला गरिएको छ । आवेदन दिनका लागि १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ ।
४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । म्यादी प्रहरीले प्रहरी जवानसरह सुविधा पाउनेछन् । छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ ।
म्यादी प्रहरीले दैनिक ७५६ रुपैयाँका दरले तलब पाउने छन् । त्यसबाहेक एकमुष्ट सात हजार रुपैयाँ रासन भत्ता, छ हजार रुपैयाँ पोशाक भत्ता र एक हजार रुपैयाँ यातायात खर्चसमेत पाउने छन् ।
आवेदन तोकिएको मितिभित्र बिहान १० बजेदेखि साँझ ५ बजेसम्म दिन सकिने छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३