एजेन्सी – भारतमा एक सातामा तेस्रो पटक पेट्रोल र डिजेलको मूल्य बढेको छ । एक दिनको राहतपछि शुक्रबार तेल कम्पनीहरूले पेट्रोलमा ८० पैसा र डिजेलको मूल्य ७५ पैसा भारुले बढाएको हो । नयाँ दर आजदेखि लागू भएको छ । अहिले दिल्लीमा पेट्रोल ९७.८१ रुपैया÷लिटर र डिजेल ८९.०७ रुपैंया भारु प्रतिलिटर भएको छ ।
योसँगै अहमदाबादमा पेट्रोल ९७.५२ रुपैयाँ÷लिटर र डिजेल ९१.६१ रुपैयाँ भारु प्रतिलिटर भएको छ । पछिल्लो मूल्यवृद्धिपछि चार दिनमा डिजेल–पेट्रोल २ रुपैयाँ ४० पैसा भारु महँगो भएको छ । मंगलबार घरेलु ग्यास सिलिण्डरको मूल्य ५० रुपैयाँ भारु बढाएको छ ।
बिहार, मध्यप्रदेश, झारखण्ड, उत्तर प्रदेश र छत्तीसगढमा १४.२ केजीको ग्यासमा सब्सिडी भएपनि प्रति सिलिण्डरको मूल्य बढेर प्रति सिलिण्डर एक हजार रुपैयाँ भारुभन्दा माथि पुगेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३