एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जनता सत्ता गठबन्धनलाई जिताउन आतुर रहेको बताएका छन् ।
भरतपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्न भरतपुर आएका नेपालले गठबन्धनको पक्षमा राम्रो माहोल बनेको भन्दै जनताले गठबन्धनलाई जिताउने बताए ।
‘जनताले सबै स्थानमा गठबन्धन भए राम्रो हुन्थ्यो भनेका छन्, प्रतिक्रिया राम्रो आइरहेको छ,’ नेता नेपालले भने, ‘भरतपुरमा केही समस्या देखिए पनि बागीलाई उम्मेदवारी फिर्ता गराउन कोशिस भइरहेको छ ।’ उनले राजनीतिक परिवर्तनमा सबै पार्टी मिलेर सहकार्य गरेर अगाडि बढेको बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३